प्राइम खबर संबाददाता | साउन १३, २०७८ बुधबार
गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएकाे छ । सदरमुकाम तम्घास आउने क्रममा जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए । जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्युु भएको हुन सक्ने अनुमान छ । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।