प्राइम खबर संबाददाता | साउन १३, २०७८ बुधबार
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव र भारत मोतिहारीका डिएम शिर्सथ बिच सिमा सुरक्षा विषयमा छलफल भएको छ । सोमवार पूर्वि चम्पारण जिल्ला मोतिहारी स्थित समहारनालयमा रौतहटका प्रमुख जिल्ला अधिकारी र मोतिहारीका डिएम लगायत दुबै तिरका सुरक्षा पदाधिकारी बिच सिमा, कोभिड १९ , अपराधीक गतिविधि नियन्त्रण ,सिमा स्तम्भ , दुबै जिल्लाका अधिकारी बिच मासिक बैठक लगायत सुरक्षा को बिषयमा पनि छ्लफल भएको बुझिएको छ । बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , एस पि सिद्वि बिक्रम शाह , सशस्त्र प्रहरीका एसपि सुर्य बहादुर सेन ओलि र मोतिहारी जिल्ला डिएम शिर्सथ , एसपि नवीन चन्द्र झा सहित अन्य बिभाग को पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।