प्राइम खबर संबाददाता | साउन १६, २०७८ शनिबार

तास खेल्दै गरेको अबस्थामा रौतहटको चन्द्रनिगाहपुरबाट शनिबार नौ जना जुवाडेहरु पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले  होटल अशोकाको ३ सय १ नम्बरको कोठा बाट तास खेलिरहेको अवस्थामा नौ जना लाई पक्राउ गरेको हो । तिनपत्ती फराश खेल्दै गर्दा  पक्राउ पर्नेहरुमा  गरुडा नगरपालिका–४ गरुडा बजार निबासी २५ बर्षिय रामशरण चौरसिया, २४ बर्षिय  जय प्रकाश साह, २६ बर्षिय को अशोक चौधरी, ३६ बर्षिय  हरिष जयसवाल, २२ बर्षिय  मुकेश साह, २७ बर्षिय रोहित जयसवाल, ३० बर्षिय जंग बहादुर यादव, २३ बर्षिय उमेश राय र ४२ बर्षिय उपेन्द्र राउत लाई प्रहरीले पक्राउ गरेको छ । सो होटलमा निरन्तर रूपले जुवा,तास खेलाउदै  छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा प्रहरीलाई सो सफलता मिलेको हो । 




ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले चन्द्रनिगाहपुरको  होटल अशोकाबाट पक्राउ गर्दा उनीहरु  खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान,   रातो निलो रंगको सिल प्याक तास बुक  ८ थान, नगद दुई लाख ७९ हजार ६ सय ९० रुपैयाँ समेत  बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आबश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले बताए ।



यद्यपि पक्राउ परेका जुवाडे हरुलाई छुट्याउन चलखेल भइरहेको भन्ने बुझिएको छ । पछिल्लो समय चन्द्रनिगाहपुरका होटल लगायतका स्थानमा जुवाडेले अखडा नै बनाएर जुवा तास खेल्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सक्रियता बढाउँदै कडा निगरानी गर्दै आएको प्रहरीले जनाएको छ ।