प्राइम खबर संबाददाता | साउन २२, २०७८ शुक्रबार
प्रदेश सरकारको बेटि पढाऊ ,बेटि बचाऊ कार्यक्रम अन्तर्गत रौतहटको चन्द्रपुर १० मा रहेको श्री कृष्ण माबि बाल्चनपुरमा साइकल बितरण गरीएको छ ।
बिधालयमा अध्यनरत कक्षा ८ का ३७ जना छात्रा लाइ रौतहट क्षेत्र न ४( क) का प्रदेस सभा सदस्य धनलाल ठोकरले साइकल बितरण गरेका छन ।
बिधालय व्यवस्थापन समितीका अध्यक्ष रामेश्वर साह, प्रधानाध्यापक हेम नारायण चौधरी, चन्द्रपुर वडा नम्बर १० का अध्यक्ष जयराम चौधरी, काग्रेसका चन्द्रपुर नगर सचिव निलहरी कोइराला , लगाएत अभिभावक, शिक्षक,स्थानिय समाजीक अगुवाहरुको उपस्थिती रहेको युवा नेता कल्याण कार्कीले बताए । प्रदेश नंबर २ सरकारले लागू गरेको यस किसिमको कार्यक्रमले विद्यालयमा छात्रहरू निकै लाभान्वित भई उनिहरुमा विद्यालय प्रतिको आकर्षणमा थप ऊर्जा प्राप्त हुने विश्वास शिक्षक वशिष्ठ सापकोटा बताउँछन् ।