प्राइम खबर संबाददाता | साउन २२, २०७८ शुक्रबार

रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सीना आफैँ किरिया बसेका छन् । 


श्रीमती रेणु तिम्सिनाको बिहीबार ४९ वर्षको उमेरमा असामयिक निधन भएपछि उनी आफैँ काजकिरियामा बसेका हुन् । उनको छोरा छैनन् , तीन छोरी मात्र रहेका छन् । तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गरेका थिए । 



सामाजिक परम्परालाई तोड्दै उनी आफैँ श्रीमतीको काजकिरियामा बसेको उनका स्वकीय सचिव मुकेश गिरीले बताए ।