प्राइम खबर संबाददाता | साउन २३, २०७८ शनिबार
रौतहट जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सर्ब सहमतले चयन भएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-२ कार्यालय जनकपुर धामका मानव अधिकार आयोगको अधिकृत मनमाया राणा मगरको मगरको अध्यक्षतामा वसेको बैठकले अध्यक्ष झाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।
नेपाल वार एसोसिएसन रौतहटका अध्यक्ष राजा राम यादव गैरसरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव, उधोग उधोग बाणिज्य संघका अध्यक्ष पण्डित जैसबाल लगायत ७ सदसीय समिती गठन भएको नवनियुक्त संयोजक झाले जानकारी दिएका छन् ।