प्राइम खबर संबाददाता | साउन २४, २०७८ आइतबार

रौतहटमा  माओवादी केन्द्रले संगठन विस्तारलाई निरन्तरता दिएको छ । जिल्ला भरी वडा स्तरीय भेला हुँदै गर्दा नेकपा माओवादि केन्द्र पार्टिमा प्रवेश गर्ने हरुलाई समेत स्वागत गर्दै संगठन विस्तारमा लागेको छ ।। आइतबार  फतुवा बिजयपुर नगरपालिकामा भएको कार्यक्रममा अन्य पार्टी परित्याग गर्दै नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन । स्थानीय निर्बाचनमा फतुवा बिजयपुर नगरपालिकाको वडानम्बर ७ मा नेपाली काग्रेस  बाट  उम्मेदबार बनेका जीयालाल राय यादब लगायत राम नारायण राय यादब, भागिन्द्र राय यस्तै जनता समाज बादी पार्टीमा आबद्ध रहेका देब नारायण राय यादब, राजाराम,  सत्यनारायण साह, सुर्ज साह, बिजिधन साह,रामशंकर राय यादब, भुदा चौधरी, उपेन्द्र साह, उपेन्द्र यादब नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका हुन । उनीहरु लाई नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज युवराज भट्टराई (समीर) ले  टिका लगाएर प्रबेश गराएका जिल्ला सचिव देवेन्द्र पटेलले बताए ।