प्राइम खबर संबाददाता | साउन २७, २०७८ बुधबार
नेपाल सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको छ । उर्जा मन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।
घिसिङलाई मंगलबार बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक नियुक्ती गरिएको हो ।
मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्तावमा छलफल हुँदा केही प्रक्रिया पुरा गर्नुपर्ने भएकोले पुनः नियुक्तिमा केहि ढिलाई भएको हो । बैठक सकिएपछि भएको थप छलफलबाट घिसिङलाई पुनः नियुक्ति गर्ने विषय टुङ्गो लागेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
केपी शर्मा ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यो कुलमान घिसिङ को प्राधिकरणमा दोश्रो पटक नियुक्ति हो ।