प्राइम खबर संबाददाता | साउन २७, २०७८ बुधबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा मानव अधिकार संगठन जिल्ला कार्य समिति र मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्य समिति रौतहटको संयुक्त आयोजनामा बुधवार मानव अधिकार शिक्षा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार चन्द्रनिगाहपुर स्थित होटल पशुपतिको सभा हलमा भएको कार्यक्रम मानव अधिकारको संरक्षणका लागि कार्य गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ सम्मान गर्ने उदेश्यले आयोजना गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा सुरक्षा निकायका प्रमुख ,महिला अधिकारकर्मी तथा संचारकर्मीहरुलाई सम्मानित गरिएको हो ।
संगठनका अध्यक्ष नीलहरी कोइरालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि रौतहट प्रहरी प्रमुख उपरीक्षक शिद्धि विक्रम शाहले मानव अधिकारको संरक्षण सम्वर्धन र पालना गर्नु गराउनु सवैको कर्तव्य भएको बताएका छन् । नेपालको संविधानमा मौलिक हकमा व्यक्तिको बाँच्ने अधिकार , अभिव्यक्ति स्वतन्त्रता , स्वास्थ्य, शिक्षा , आवास , खाद्यान्न लगायतको कुरामा स्पस्ट व्यवस्था र व्याख्या गरिएकोले व्यक्तिको मौलिक हकको पालना गर्नु पर्ने जोड दिएका छन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक शाह , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ का प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना , सह संयोजक अन्जना पन्त कडरिया , महिला तथा बाल बालिका सेवा केन्द्र गरुडाका प्रहरी सहायक निरीक्षक फुलमाया गुरि , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश सदस्य गीता राउत , बारा संयोजक सावित्री बराल , सर्लाही जिल्ला सदस्य अन्जना नेपाल , कोषाध्यक्ष यशोधा राउत , मानव सेवा केन्द्र गौरका अध्यक्ष एवं गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी , गुन्जन एफएमका स्टेसन म्यानेजर संजय कार्की , जनकपुर टुडेका राकेश कुमार यादव , संचारकर्मी सन्तोष काफ्ले , बाल विक्रम कार्की र राकेश यादवलाई सम्मानित गरिएको आयोजक सस्थाका सह संयोजक टेक बहादुर चौरेलले बताए ।
इन्सेक रौतहटका सहजकर्ता गोविन्द रामले संचालन गरेको कार्यक्रममा नेपाल मानव अधिकारी सङ्गठ महिला केन्द्रिय सदस्यमा मनोनित पूजा पाठक तिमिल्सिनालाइ प्रमाण पत्र एबम् प्रशंसा पत्र प्रदान गरिएको थियो ।