प्राइम खबर संबाददाता | साउन २८, २०७८ बिहिबार
रौतहटको नुनथर बागमती नहरमा भएको दुर्घटनामा बेपता भएकी तीर्थ यात्रीको शव फेला परेको छ ।
गत सोमवार बोलबम तीर्थयात्री बोकेको पिकअप गाडी नहरमा खस्दा बेपता महिलाको शव बुधवार दिउसो फेला परेको प्रहरीले जनाएको छ । ना ५ च ३१६६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई नहरमा खस्दा सो गाडीमा सवार बारा जिल्लाको कोल्बी नगरपालिकी ६५ बर्षकी सोनरी देवी मुखिया बेपत्ता भएकी थिइन् । उनको शव चन्द्रनिगाहपुर बागमती सडक खण्डको लच्का नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताएका छन ।
सो दुर्घटनामा परी सोही नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको थियो । बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल पल्टिएको थियो ।