प्राइम खबर संबाददाता | साउन २९, २०७८ शुक्रबार
बारामा तिब्र गतिको ट्रकले हात्तीलाइ ठक्कर दिएको छ । बाराको आधाबारमा बिहिवार राति ९ बजेको समयमा तिब्र गतिको ट्रक हातीसंग ठोक्किए पछि
हात्ती घाइते भएको छ ।
ठक्करबाट कलश यात्रा कार्यक्रममा लगिएको पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको प्रहरीले जनाएको छ । कलश यात्रामा लगिएको हात्ती फर्कने क्रममा राजमार्गमा ट्रकले ठक्कर दिएको थियो । घाइते हात्तीको उद्दारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।