प्राइम खबर संबाददाता | साउन ३०, २०७८ शनिबार
सर्लाही स्थित नवलपुरमा टिफरको ठक्करबाट एक युबक को ज्यान गएको छ ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा नं एक नवलपुर बजार अगाडि टिफरले घाँस लिएर आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकलमा सवार युवकको घटना स्थल मै ज्यान गएको हो ।
लालबन्दीबाट साईकलमा घाँस लिएर नवलपुर तर्फ आउदै गर्दा सोही दिशातर्फ आउदै गरेको कोईला बोकेको ना ७ख ८२९३ नम्बरको टिफरले शुक्रबार दिउँसो करिब ३बजे ठक्कर दिदा साईकल चालक लालबन्दी २ जुटपानीका ४० बर्षिय रामगणेश महतोको ज्यान गएको प्रहरी ले जनाएको छ ।
घटनामा परी महतो को ज्यान गए पछि मृतकका आफन्तले आक्रोशित हुँदै सडक अबरुद्द गर्दै ठक्कर दिने गाडीमा आगजनी गर्न खोज्दा प्रहरी र स्थानीयबीच सामान्य झडपको स्थिति पैदा भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन को लागि केही राउण्ड अश्रुग्यास हवाई फाएर समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन ।