प्राइम खबर संबाददाता | साउन ३०, २०७८ शनिबार

पर्शा वीरगन्जका सक्रिय युवाहरुद्वारा सन्चालित भोलेन्टियर समुह बिरगंज नामक सस्थाले बिरगंजको मुख्य नाका शन्काराचार्य गेट देखि मितेरी पुल सम्म सौन्दर्यकरणको लागि हरेक सप्ताह शनिबार सरसफाइ गर्दै आईरहेको छ ।
शनिबार प्रतिकूल मौसमको बावजूद  पनि भोलेन्टियर समूह बिरगंजद्वारा २९ औ सप्ताहको सरसफाइ कार्यक्रम पश्चात  सामुहिक राष्ट्रिय गीत, साथै नाकाबाट आउने जाने यात्रुहरुलाइ मास्क समेत बितरण गरेको भोलेन्टियर समुह बिरगंजका सन्योजक राजन श्रीवास्तवले बताए ।
कार्यक्रम सफल पार्नका सहयोग गर्ने  बिरगंज महानगरपालिका , भोलेन्टियरका पदाधिकारीहरु , नेपाल विद्यार्थी सघका प्रतिनिधिहरु, विभिन्न संघसस्था , सुरक्षा निकाय र सन्चारकर्मीहरुलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गरिएको   श्रीवास्तवले बताए ।