प्राइम खबर संबाददाता | साउन ३०, २०७८ शनिबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर -४ स्थित श्री जनजागृति पुस्तकालयको चुनावी साधारण सभा शनिबार सम्पन्न भएको छ ।
चन्द्रनिगाहपुर स्थित कप्तान टोलमा रहेको पुस्तकालयको आफ्नै भवनमा साधारणसभा सम्पन्न भएको हो । सो पुस्तकालयको कार्यसमितिमा भुमिलाल न्यौपाने को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा कुलशेखर पहाडी ,सचिब केशव घिमिरे सुमन ,सह सचिब राजकुमार तिमल्सिना ,कोषाध्यक्ष कृष्णकला अर्याल र सदस्यहरुमा सन्ध्या तिमल्सिना, सरोज तिमल्सिना, रोशन फ्युँयाल, कमल प्रसाद बोलखे रहेका छन। बाँकी सदस्य निर्वाचित नयाँ कार्यसमितिले पहिलो बैठकमा निर्णय गरी दुई सदस्य मनोनयन गरी थप गर्ने बताइएको छ ।
कृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राम आचार्य,यज्ञ गौतम, चेत बोलखे,छबिलाल वोलखे लगायतको उपस्थिति रहेको चेत बोलखेले ताजाखबरलाई बताए ।