प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार
सोनी इन्टरटेनमेन्ट टेलिभिजनबाट प्रसारण हुने गायनको रियलिटी शो “इन्डियन आइडल १२ को विजेता” पवनदीप राजन बनेका छन्।
फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो। निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए।
यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन्। त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन्। मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन्।
पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन्। पवनदीपले ’इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारेका छन् ।