प्राइम खबर संबाददाता | भदौ १, २०७८ मंगलबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित बिभिन्न टोलका सडकमा गरीएको कालोपत्रे भत्कन थालेपछि स्थानियले चिन्ता व्यक्त गर्न थालेका छन ।
गत आर्थिक बर्ष तथा अघिल्ला बर्षहरुमा बनाइएको सडक भत्किन थालेको हो । नगरपालिका र वडाले उपभोक्ता समिती मार्फत र समितीले पेटी ठेकेदार मार्फत गरेको कालोपत्रे भत्किन थालेका छन ।
वडा नंबर ६ को सुनिल जयसवाल को मिल देखी राइटोल सम्मको सडक दुइ महिना पनि नटिकेको स्थानीयहरु बताउँछन् ।
सो सडकको कालोपत्रे भत्किन थालेको छ सडकको माझ मै ठूलो एक फिट भन्दा गहिरो खाल्डो परेको छ । उपभोक्ता समितीले सो सडक बनाउन ठेकदार लाइ दिएका थिए । यस्तै सो वडाको सरस्वती कल्व देखी क्याम्पस हुँदै डाबरी सम्म,झनझने टोल देखी मोथीयाही सम्म, डाबरी चौक, बेल्डी आसपासका कालोपत्रेहरु पनि भत्किएका छन ।
कमिसन माथी कमिसन चले पछि निमार्ण गुणस्तर हिन भएको स्थानियको भनाइ छ । नगरपालिकाको प्राबिधीक तथा अनुगमनकर्ता लाइ खर्च दिएपछि कामको गुणस्तर नहेरी आँखा चिम्लिएर बिल पास गर्ने गरेको भन्दै स्थानीयको गुनासो व्यापक छ ।
गुणस्तरहिन काम को बारेमा जनप्रतिनिधी, प्राबिधीकहरु एकले अर्कालाइ आरोप प्रत्यारोप गरेर टार्ने मात्र काम मात्र गर्दै आएका छन । चन्द्रपुर नपामा प्राबिधिक लाइ अतिरिक्त खर्च नदिइ काम नै नहुने गुनासो व्यापक रहेको ।
जनप्रतिनिधि,उपभोक्ता समिति र प्राविधिक बीच त्रिपक्षीय कमिसनको चक्करमा विकास निर्माणको काममा गुणस्तरहीन कार्य हुँदै गइरहेको र सो तर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान पुग्न नसकेको स्थानीयको आरोप रहेको छ ।
वडा नंबर ६ मा भएको विकाशको नाममा अनियमितता प्रति सम्बन्धित चन्द्रपुर नगरपालिकाले चासो नदिएको हुँदा अब अख्तियारको सहयोग लिनुपर्ने बाध्यता रहेको भन्दै चाँडै अख्तियारमा उजुरी हाल्ने तयारी भएको चन्द्रपुर ६ निवासी एक अगुवाले बताए ।
यस्तै चन्द्रपुर नगरपालिका कार्यालय अगाडी सडक कार्यालयले बनाएको पिच भत्कन थालेको छ । बर्षौ देखि भत्किएको सडक केही महिना अघि मर्मत गरीएको थियो । मर्मत गरिएको सडकमा अहिले खाल्टा खुल्टी भैसकेको छ ।