प्राइम खबर संबाददाता | भदौ ४, २०७८ शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा अवस्थित चन्द्रपुर अस्पताल प्रालिका वरिष्ठ डाक्टर सुबाश चौधरीलाई शुक्रबार पुत्रलाभ भएको छ । निजी क्षेत्रको अस्पतालको रुपमा चन्द्रनिगाहपुरमा स्थापित पहिलो अस्पतालको रूपमा रहेको चन्द्रपुर अस्पतालका वरिष्ठ डाक्टर रहेका चौधरी दम्पतीलाई पहिलो सन्तानको रूपमा पुत्रलाभ भएको हो ।
पछिल्लो समय निजी अस्पताल मार्फत सेवा दिँदै आएका डाक्टर चौधरीको चन्द्रपुर लगायत रौतहटका विभिन्न स्थानहरूबाट समेत आउने सेवाग्राहीहरुको विश्वासपात्र बनेका चौधरीलाई पुत्रलाभ भएसँगै जिल्लाका विभिन्न क्षेत्रसँग आबद्ध रहेका व्यक्ति तथा संघ संस्थाहरुबाट डाक्टर चौधरीलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ । 
विवाह भएको लामो समय बितिसक्दा समेत सन्तान सुखभोग प्राप्त नगरेका डाक्टर दम्पतीले शुक्रबार पहिलो सन्तानको रुपमा छोरा जन्मिएपछि चौधरी परिवारमा अहिले खुशियाली छाएको छ । शुभ चिन्तक तथा आफन्तजनहरुले डाक्टर सुबाश चौधरी तथा उनकी श्रीमती पूजा चौधरीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।