प्राइम खबर संबाददाता | भदौ ५, २०७८ शनिबार

रौतहट  जिल्लाको चन्द्रनिगाहपुर स्थित रहेको  जनज्योती बहुमुखी  क्याम्पसमा अध्ययनरत एक छात्रा मृगौलारोग बाट पिडित भएकी छिन ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १० घर भएकी सिमा कुमारी चौधरी केही महिना अघिदेखी मृगौला रोगबाट पिडित  भएकी थिईन् । उनी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको सदस्य समेत हुन । 
सिमाको घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा उनको उपचारमा समस्या उत्पन्न भएकोले उपचारमा सवैले साथ र सहयोग गरीदिन जनज्योती बहुमुखी क्याम्पसका स्ववियू सभापती संगम श्रेष्ठले आग्रह गरेका छन् । स्ववियु पदाधिकारी तथा विद्यार्थीहरू सहितको एक कार्यदल बनाएर पीडित चौधरीको उपचारमा आर्थिक सहयोग जुटाउने उद्धेश्यले सीमा चौधरी बचाऊ अभियान सञ्चालन गरिएको विद्यार्थी नेता श्यामहरी चौलागाईंले बताए । 
पीडित चौधरीलाई सकेको सहयोग गरिदिन सो अभियानले अनुरोध गरेको छ ।




स्थानीय व्यापारी, राजनीतिकर्मी, ठेकेदार, समाजसेवी, विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी सबैमा सहयोगको अपेक्षा सहित उनको प्रभु बैंकको खाता नम्बर १५४०१३००९५७२८२०००००१ मा सहयोग  जुटाइदिन अभियानको आग्रह रहेको छ ।  चरम आर्थिक अभाव भएको भन्दै उनको परिवारले छोरी बचाइदिन  सवै संग सहयोगको अपेक्षा गरेका छन ।