प्राइम खबर संबाददाता | भदौ १९, २०७८ शनिबार

डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले ५३.८९ क्युफिट अवैध सालकाे काठ सहित तीनजनालाई पक्राउ गरेको छ । गए राती करिब तीन बजे क्रकहवाबाट लमही तर्फ  लु २ च ७७४१ नम्बरको पिकअप गाडीमा १७ थान चिरानकाे ५३.८९ क्युफिट अवैध सालकाे काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ शुक्रबार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको हाे । 


पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चाैधरी र साेही पालिका वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनाेद चाैधरी रहेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताए । 



सुवेदीका अनुसार पक्राउ पर्नेहरू माथि आवश्यक कार्वाहीकाे लागि थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय  डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले सक्रियता बढाएपछि अवैध काठमा संलग्नता हुनेलाई धमाधम पक्राउ गर्न सफल भएको छ ।