प्राइम खबर संबाददाता | भदौ १३, २०७८ आइतबार

आइतबार बिहान रौतहटको गौर नगरपालिकाको वडा नम्बर १ राधाकृष्ण मन्दिर अगाडी रहेको सुर्य ब्याम्बू रेस्टुरेन्ट एण्ड बारमा रेष्टुरेन्टमा आगलागी हुँदा लाखौको क्षति भएको छ। 
आगलागीबाट लाखौको क्षति भएको रेष्टुरेन्टका म्यानेजर अशोक श्रेष्ठले बताएका छन् ।
उनका अनुसार अविरल बर्षाका कारण रेष्टुरेन्ट पनि डुवानमा परेपछि त्यहाका कर्मचारी सहित सञ्चालकहरुले राती १ बजेसम्म मोटरले पानी बाहिर निकाल्ने प्रयास गरेका थिए ।
करिब २ बजेको समयमा एक्कासी किचेनमा आगो सल्किएपछि त्यसलाई नियन्त्रणमा लिन नसक्दा किचेनमा रहेका सम्पुर्ण सामाग्रीहरु , बिधुतिय सामाग्री , भौतिक सामग्री लगायत होटलमा आवश्यक सम्पुर्ण उपकरणहरु जलेर नष्ट भएको श्रेष्ठले बताए ।
स्थानियले आगो नियन्त्रणमा लिन नसकेपछि वारुणयन्त्र सहित प्रहरी र स्थानियको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
आगलागी के कति कारणले भयो भन्ने समन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।