प्राइम खबर संबाददाता | भदौ १६, २०७८ बुधबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने विपन्न घरपरिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको छ ।
सोमबार टेवा नेपाल नामक एक गैरसरकारी संस्थाको सहयोगमा खाध्यान सामाग्री लगायतको राहत सहयोग गरिएको हो । सो राहत वितरण कार्यक्रमको संयोजन   महिला सुरक्षा दवाव समुहको संयोजकतत्वमा चन्द्रपुर नगरपालिकाका केही वडाहरुमा वि चन्द्रपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सरस्वती खुलालको मुख्य उपस्थितीमा  राहत वितरण गरिएको संयोजक संस्थाले जनाएको छ ।



सोही नगरपालिकाका  एकल महिला,अपाङ्ग,वाढी पिडीत लगायत २ सय घरपरिवारलाई राहत स्वरुप चामल,दाल,तेल,नुन,बिस्कुट,सरफ साबुन वितरण गरिएको महिला सुरक्षा दवाव समुह रौतहटको अध्यक्ष देवकी नेपालले जानकारी दिईन् ।
उक्त राहत वितरण कार्यक्रममा चन्द्रपुर नगरपालिकाको सामाजिक विकास संयोजक सरस्वती खुलाल, वडाअध्यक्ष विष्णु उप्रेती संयोजक संस्थाका  गोमा राई, प्रेमशिला साह,जयराती सहनी लगायतको, सहभागिता रहेको थियो ।