प्राइम खबर संबाददाता | भदौ १६, २०७८ बुधबार

 सिरहामा आपसी झगडामा भएको विवादमा कुटपीटबाट एक वृद्धाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका ९ डुमरीका ४० वर्षिय जय कुमार यादव र उनको भतिजा १८ वर्षिय श्रीदेव यादबको कुटपीटबाट फुपी यादबको श्रीमती ६५ वर्षिय भालसैर देवी यादवको मृत्यू भएको हो । 
बाटोमा भकारो (गाई, भैसीको गोवर र बाँकी झारपात) राखेको विषयमा दुई परिवारबीच झगडामा जय कुमार र श्रीदेवको कुटाईबाट भालसैरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
बृद्धाको मृत्यु लगतै श्रीदेव र जयकुमार फरार भएको जनाएको छ । फरार दुवैजनाको खोजी कार्य तिव्र गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्ताल लहानमा राखिएको छ ।