प्राइम खबर संबाददाता | भदौ १७, २०७८ बिहिबार

दाङ स्थित सिस्नेखोलामा पुल निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय दाङले तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न दाङ प्रशासनले एक सुचना जारी गर्दै प्रहरीलाई पक्राउ आदेश दिएको हो ।दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गत असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीले पुलमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्दै एक महिना भित्रमा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउँदै फेसबुकमा समेत लेखेका थिए  तर यो बीचमा कुनै काम भएन पुलको काम अलपत्र भएपछि डाइभर्सन बाटो हिँड्न बाध्य हुँदा  गएराति बाढीले गाडी बगाउँदा ४ जना मृत्यु भएको छ ।
बढीमा परेर  कार गएराती पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । निर्माण कम्पनीको लापरबाही र हेलचेक्र्याइँ ले गर्दा देशका विभिन्न स्थानहरूमा कैयन सर्वसाधारण जनताले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् ।