प्राइम खबर संबाददाता | भदौ १८, २०७८ शुक्रबार
रौतहट जिल्लाको यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विदेशमा राम्रो काम लगाई दिन्छु, भन्दैँ ठगी गर्ने काममा सक्रिय कुर्मी प्रहरीसँग राम्रो चिन्हजान भएकोले भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिन्छु, नभए वैदेशिक काममा गएभने राम्रो काममा पठाई दिन्छु भन्दैँ ठगी गरेको भन्दै गौर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय सुधिरकुमार झाले आफू ठगिएको भन्दैँ कुर्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । झाले दिएको जाहेरीको आधारमा कुर्मीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
७ लाख ५५ हजार रुपैयाँ ठगी गरेर कुर्मी फरार भएको भन्दैँ झाले दिएको उजुरीपछि, प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खोजतलास गर्दा सुकदेवचोकबाट गत बुधबार नै हिरासतमा लिईएको कुर्मिलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।