प्राइम खबर संबाददाता | भदौ १९, २०७८ शनिबार
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु भएसँगै दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।
स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो । सम्भवतः उनी सबै भन्दा कम उमेरकी कांग्रेस वडा सभापति रहेको बताइएको छ । युवालाई समेट्दै लैजाने र युवा वर्गलाई विशेष प्राथमिकता दिन कांग्रेसलाई आम कार्यकर्ताको माग रहिरहेको अवस्थामा स्वस्तिकाको विजय प्रेरणादायी उदाहरण बनेको छ ।