प्राइम खबर संबाददाता | भदौ १९, २०७८ शनिबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालीका वडा नंबर १ स्थित मंगलपुरमा  महिलाहरुलाई स्वच्छता सामग्री वितरण गरिएको छ ।
 ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई मध्यनजर गर्दै रौतहट जिल्लाका नेपाली काग्रेंसका क्रियाशिल  नेताहरुले शनिबार सेनेटरि प्याड लगायतका सामाग्री वितरण गरेका हुन । ' प्याड  टू’  सस्ंथाको सहयोगमा युवा नेताहरुले  किशोरी तथा महिलाहरु गरी करिब ३०० जना भन्दा बढीलाई सामाग्री बितरण गरेका हुन । 



   सो क्षेत्रका ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई रजश्वला, महिनावारीको बिषयमा ज्ञान कम हुँदा सरसफाइको कमीले स्वास्थ्यमा पर्ने प्रतिकूल असरहरू बारे सचेतना सहित कार्यक्रममा उपस्थित उनिहरुलाई सकारात्मक संदेश सहित सेनेटरि प्याड लगायतका स्वच्छता सामग्री  बितरण गरिएको प्रमुख अतिथी मिथिलेश मिश्रले बताए । महिनावारी भएको समयमा कसरी सरसफाइ लगाएका कुरालाई ध्यान दिने भन्ने विषयका बारेमा जानकारी समेत दिईएको उनले बताए । गुणस्तरीय सेनेटरि प्याड लगाउँदा विभिन्न संक्रमणबाट बचाउने भएका कारण महिनावारी भएको समयमा  सेनेटरी प्याडको प्रयोग आवष्यक रहेको महाधिवेशन प्रतिनिधी सुर्य बहादुर थापा बताउँछन् ।




नेपाली कांग्रेसका  महासमिती सदस्य मिथिलेश मिश्रको प्रमुख आतिथ्यमा भएको स्वच्छता सामग्री बितरण कार्यक्रममा कांग्रेस महाधिबेशन प्रतिनिधी सुर्य बहादुर थापा, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष श्यामहरि चौलागाँई, विद्यार्थी नेता गोपाल हुमागाँई, विश्वराज ठोकर,  गणेश तिमल्सिना,  जितन स्माईलि मगर, ईन्द्र राना मगर, कमल राउत, झम्क प्रसाद खनाल, महिला नेतृ रुपा स्माईलि लगाएतको उपस्थीति रहेको विद्यार्थी नेता श्यामहरी चौलागाईंले बताए ।