प्राइम खबर संबाददाता | भदौ २२, २०७८ मंगलबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार युरोपियन युनियन र अक्सफार्म इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नगरपालिका वडा नं–१० का जनप्रतिनिधि र सोही वडाका बाल क्लव, युवा क्लव, किशोरी समुह,कृषी सहकारी संस्था, कृषी समुह तथा सामुदायिक बन उपभोक्ता समिती लगायत ५ वटा समूहको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल क्लवका प्रतिनिधिले बालबालिकाहरुलाई स्थानिय सरकारले बिशेष महत्व दिएर आफ्नो वडामा कार्यक्रम तथा बजेट निर्माण गरीनुपर्नेमा सो कार्य नभएको गुनासो गरेका छन् ।
सहभागी किशोरी समुहले बालश्रम न्यूनिकरणमा स्थानीय सरकार उदासिन भएकोले बालश्रमको अवस्था अझ भयावह हुदै गएको प्रति चिन्ताव्यक्त गर्दै यसलाई न्यूनिकरणका लागि स्थानीय तहका जनप्रतिनिधिले गहन जिम्मेवारी हुन सुझाएका छन् ।
कार्यक्रममा हिमसागर कृषि सहकारीका तर्फबाट उठेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष जयराम चौधरीले वडामा कृषि सडक निर्माण र कृषीलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताए । उनले परडीयामा नया सडक निर्माण गरेको बताएका छन् । उनले कृषि विमाको लागि वडाले पहल समेत गरीसकेको बताए ।
वडाध्यक्ष चौधरीले जनताको कामको लागि आफु निर्वाचित भएकोले जनताको काममा आफु सदैव दिन रात, झरीबादल नभनिकन लागी नै रहेको, काम गरिरहेको बताएका छन् । आफ्नो वडामा पछिल्लो समय लागु औषध गाँजाको सेबन गर्ने युवाहरुको संख्यामा दिनानुदिन बृद्दी भईरहेको हुदा त्यसको नियन्त्रणमा आफु लागीरहेको भएतापनि अभिभाबकहरुको सहयोग नपाउँदा कुलतमा लागेकाहरुको मनोबल बढ्नेहुदाँ त्यसतर्फ अभिभाबकहरुले समेत निगरानी गर्दै नियन्त्रणमा सहयोग गर्न उनले आग्रह समेत गरेका थिए ।
अध्यक्ष चौधरीले तुलनात्मक रुपमा समाज परिवर्तन भएपनि लक्ष्य अनुरुप परिवर्तन हुन नसकेको स्वीकार गर्दै अवकादिनमा बालश्रम न्यूनिकरणमा स्थानीय निकायले काम गर्ने बताएका छन् । कार्यक्रममा उज्वल किशोरी समुह, ज्ञानज्योति बालक्लब, लालीगुराँस युवा क्लब, हिमसागर कृषि सहकारी संस्था एबम् खोरकट्टी सामुदायिक बन उपभोक्ता समुह लगायतका संघ संस्थाहरुको प्रतिनिधिहरु गरेर ३६ जनाको सहभागिता रहेको कार्यक्रम ज्योति फुँयाल र बहादुर खत्रीले सहजिकरण गरेका थिए ।