प्राइम खबर संबाददाता | भदौ २७, २०७८ आइतबार
रौतहट जिल्लाको धार्मिक नगरी नजरपुरमा एक युवा क्लबद्वारा डस्विन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित नजरमा रहेको नबकिरण युवा क्लबद्वारा डस्टबिन वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो। माछापुछ्रे बैंक चन्द्रनिगाहपुर शाखाको सहयोग र नबकिरण युवा क्लव नजरपुरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको क्लबका सचिव सिर्जन तिमल्सिनाले बताए ।वातावरणीय पर्यावरण जोगाई आफ्नो गाउँ घर सफा र स्वच्छ राखौ भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
वडाध्यक्ष गोविन्द प्रसाद दुलालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश २ प्रमुख डिल्ली राम गिरि,उपप्रमुख विनेश ठाकुर,चन्द्रपुर शाखाका प्रमुख राजेश कुमार लामा,निजनन्द धामका सन्त सुरेन्द्र जी महाराज लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सचिव तिमल्सिनाले बताए ।
उक्त कार्यक्रमममा नवकिरण युवा क्लबका अध्यक्ष अनिल कोइरालाले अथितीहरुलाई मायाको चिनो सहित धन्यवाद व्यक्त गरेका थिए। जिल्लाको नमुनाको रुपमा रहेको नजरपुर गाउँको गरिमा सुन्दा यस नगरिको पर्यावरणको स्तरौन्नत्तिका लागि सानो सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसि रहेको सहयोगी संस्था माछापुच्छ्रे बैंकका प्रतिनिधिहरूले व्यक्त गरेका तिमल्सिनाको भनाइ रहेको छ ।