प्राइम खबर संबाददाता | असोज १, २०७८ शुक्रबार
आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आजैका दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।
नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ । सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आजै विगत ६ महिनादेखि बन्द रहेका लामो दुरीका यातायातसमेत सञ्चालन भएका छन् ।
नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज शक्तिपीठ मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्ने गर्दछ ।