प्राइम खबर संबाददाता | असोज ७, २०७८ बिहिबार

रौतहटबाट पेस्तोल र २ थान गोलीसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर २ भलोहियाका २४ बर्षिय संजय साह सोनारले आफनै घरमा हातहतियार लुकाई छिपाई राखेको भन्ने विषेश सुचनाका आधारमा प्रहरी टोलीले ेसोनारको घर खानतलासी गरेको थियो ।


प्रहरी चेक जाँचको क्रममा घरको दोस्रो तल्लामा थुपारी राखेको बालुवाभित्र बोरामा लुकाई छिपाई राखेको १२ बोरको कटुवा पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने गोली दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ ।



 उक्त हातहतियारसहित रौतहटको दुर्गा भगवति गाउँपालिका वडा नम्बर २ भलुहीयामा बस्ने २४ बर्षीय संजय साह सोनार , दुर्गा भगवति गाउपालिकाका २८ बर्षीय संजिव कुमार महतो, दुर्गा भगवति गाउपालिकाको वडा नम्बर १ का १९ बर्षीय राजेश कुमार चौधरी र रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ धरमपुरका २४ बर्षीय दिनेश महरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।