प्राइम खबर संबाददाता | असोज ८, २०७८ शुक्रबार
डिभिजन बन् कार्यालय रौतहटको वन गस्ति टोलीले वनबाट अबैध रुपमा चोरी गरेर ओसार्दै गरेको काठ बरामद गरेको छ ।
शुक्रबार तीन बजेको समयमा बृन्दाबन सब डिभिजन वन अन्तर्गतको वन जंगलबाट काठ तस्करहरुले साल प्रजातिको रुख काटी टुक्रा पारी गोलिया बनाइ घरतर्फ लैजान लागेको काठ बरामद गरेको हो ।
बरामद भएको काठको परिमाण २०.३९ क्युफिट रहेको डिभिजन वनले जनाएको छ । बरामद काठ र साईकल समेत ४ थान बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।
काठ तस्करी भएको देखेपछि सो काठ चेतनगर गाउँ तर्फ लागि रहेको भन्ने विशेष सुचनाका आधारमा वन गस्ति टोली र सशस्त्र प्रहरी बेश क्याम्प सन्तपुरबाट खटी गएको संयुक्त गस्ती टोलिले सो काठ बरामद गरेको जनाएको छ । बरामद भएको उक्त परिमाणको काठ तथा साइकल आवश्यक अनुसन्धानको लागि डिभिजन बन् कार्यालय रौतहटमा पेश गरिएको बताइएको छ ।