प्राइम खबर संबाददाता | असोज ९, २०७८ शनिबार

रौतहटमा माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झा माथि पत्रकारमाथि हमलाको योजनाको आरोप लागेको छ ।  गृहमंत्री बाल कृष्ण खाड निकट बताउदै आएकी झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु औषध राख्न लगाई योजना बनाएको समेत आरोप खेपेकी झा पछिल्लो समय पत्रकार कुटपिटको घटनालाई लिएर  निकै विवादित बनेकी छिन् । लागू औषध प्रकरणमा रौतहटबाट जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख सिददी बिक्रम शाह जिल्लाबाट तानिएका र अन्य दुई जना प्रहरी कर्मचारी कारवाहि भोगिरहेको अवस्था छ भने घटनाका आरोपी भनिएका संचारकर्मी संजय सहनी फरार रहेका छन ।


विवादास्पद लागु औषध काण्डका अन्य केहि संग्लन आरोपीहरु प्रहरी कै संरक्षणमा खुलेआम घुमी रहेको लागू औषध घटनाका पीडित पत्रकारले बारम्बार  आरोप लगाईरहेको अवस्था छ । उक्त मोजिबुला काण्ड पछाडि भएको घटनामा अन्जु झा कै निर्देशनमा नियोजित तरीकाले शुक्रवार रौतहट जिल्लाका चर्चित पत्रकार तथा रिपोटर्स क्लब का प्रदेश कोषाध्यक्ष अभिमन्यु पटेल माथी आक्रमण गरी स्थानिय प्रशासन लाई समेत खुल्ला चुनौति नै दिएकी पीडित पत्रकारको भनाइ रहेको छ ।



 गृहमन्त्रिको नजिक भनेर बताउदै प्रचार गर्दै हिडने झा ले शुक्रवार साझ ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा पत्रकार अभिमन्यु पटेल माथी आफ्नै नातागोताका गुण्डाहरुलाई प्रयोग गरी हमला गरेको पीडित पत्रकार पटेल बताउँछन् ।



सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा झा संगै आएका झा का श्रीमान राजेश मिश्र, सुशिल झा, पुनम झा लगायतको समुहले पत्रकार पटेललाई निर्घात कुटपिट गर्नुको साथै अभद्र व्यहवार समेत गरेको पीडितले बताएका छन् ।

जिल्लाका संचारकर्मीहरु विरुद्ध पछिल्लो केहि समय देखि षडयन्त्र पुर्वक तथा सुनयोजित ढंगले माण्डवीको निर्देशक झा सँग जोडिएर भएका क्रियाकलाप लाई अपराधिक कार्यको संज्ञा दिदै क्रियाशिल पत्रकार समुह रौतहटले एक विज्ञप्ति जारी गर्दै छानबिन सहित कारबाहीको माग गरेको छ ।

समुहका संयोजक प्रविण टिवडेवाल र सह संयोजक प्रविण पाण्डेको संयुक्त हस्ताक्षर रहेको सो विज्ञप्ति मार्फत घटनामा संग्लनलाई तत्काल पक्राउ गरी कारवाहि गर्न माग गरिएको हो । दोषीलाई कारवाहि गर्न स्थानिय प्रशासन चुके कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत बताइएको जनाएको छ ।

 नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिबार एक विज्ञप्ति जारी गर्दै संचारकर्मी पटेल माथी शुक्रवार राति भएको सांघातिक आक्रमणमा संग्लनहरुलाई छानबिन गरी कारबाहीको दायरा मा ल्याउन माग समेत गरेको छ।