प्राइम खबर संबाददाता | असोज १४, २०७८ बिहिबार
गत अघिल्लो एकबर्ष अघि देखि शुरु गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको तथ्य फेला परेको छ ।
गएको माघ २ गते देखि क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा जिल्लाको बनक्षेत्रमा चारवटा बाघ रहेको क्यामरा मार्फत पत्ता लागेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटसँगको सहकार्यमा बाघ गणना शुरु गरिएको थियो ।
रौतहटमा धनसर खोला पूर्व, बागमति नदी पश्चिमको वन क्षेत्र अन्र्तगत पर्ने गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानहरुमा १७ जोर क्यामेरा जडान गरिएका थिए ।
प्रत्येक ५ वर्गकिमि वनक्षेत्रमा एकजोडी र बाघको आवतजावत हुने शंकास्पद स्थानमा दुर्इजोडी क्यामेरा जडान गरिएको थियो ।
वनक्षेत्रसंग जोडिएको रौतहटको मानवबस्तीहरूमा स्थानीयको चौपाया बाघले आक्रमण गनृै गरेको , मानिसहरुलाइ समेत आक्रमण गरे पछि बाघ गणना गरीएको थियो । रौतहटमा फेला परेका बाघहरु पर्सा राष्ट्रिय निकुन्जबाटै गएको हुनुपर्ने पर्सा राष्टिय निकुन्जले जनाएको छ ।
गत बर्ष रौतहटको चन्द्रपुर वडा नम्बर ६ घर भएका एकयुवक बाघको आक्रमणबाट ज्यान समेत गएको थियो भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते समेत भएको रेकर्ड कायम रहेको छ ।