प्राइम खबर संबाददाता | असोज १६, २०७८ शनिबार
रौतहट जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डमा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्द्रपुर २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गएराति करिव ९ बजे चन्द्रनिगाहपुर बाट जुडिवेला स्थित घर जानेक्रममा चादीपुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
युपि ३५ एटी ४२७३ नम्वरको भारतिय नम्वरको ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो । मृतक चौधरी नेपाली कांग्रेस चन्द्रपुर सक्रिय युवा समेत रहेका उनी विभिन्न सामाजिक संघ संस्थासंग आबद्ध रहेर सामाजिक सेवामा लाग्दै आएका थिए । चौधरीको मृत्युले नेपाली कांग्रेस चन्द्रपुरलाई मात्र नभई सिंगो जुडिबेला गाउँलाई नै एक असल सामाजिक अगुवा युवा गुमाउनुपर्दा अपूरणीय क्षति पुगेको स्थानीय युवा यादव उप्रेतीले बताए । विद्यार्थी राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय चौधरी जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्ववियुको पूर्व सहसचिव समेत हुन् ।
ठक्कर दिने भारतीय नम्बरको ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।