प्राइम खबर संबाददाता | असोज १६, २०७८ शनिबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुर मा रहेको होटल ए एन प्लाजामा आयोजित आधारभूत तालिम प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बरहथवा शाखाको आयोजनामा सम्पन्न भएको शाखा प्रमुख गौरव अधिकारीले बताएका छन् ।
प्रभु लाइफले जीवन बीमाको विभिन्न स्किमहरु सहितको सेवालाई ग्राहक वर्गको निम्ति सरल र सुलभ तरिकाले बीमा गर्दै आइरहेकोले आगामी दिनमा समेत ग्राहकको सुविधालाई मध्यनजर गर्दै सबैको रोजाइको पहिलो बीमा कम्पनीको रुपमा स्थापित गराउन आफुहरु लागिपरेको अधिकारीले बताए ।
कार्यक्रममा प्रभु लाईफ इन्सयोरेन्स लिमिटेड प्रदेश नंबर २ का प्रमुख सुदिस्ट कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न अभिकर्ता तालिम कार्यक्रमममा ७० जना भन्दा बढीले आधारभूत तालिम लिएका छन्। बीमाको सामान्य नीति, नियम र बीमा किन र के को लागि गर्ने भन्ने कुरामा सहभागीलाई प्रशिक्षण दिइएको शाखा प्रमुख अधिकारीले जनाए ।
सहभागी प्रशिक्षार्थीहरु लाई प्रभु लाईफका एरिया मेनेजर राजीव कुमार झाले अभिकर्ता तालिम सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको आयोजक शाखाका प्रमुख अधिकारीले बताए ।