प्राइम खबर संबाददाता | असोज १७, २०७८ आइतबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर३ गैंडाटारस्थित चाँदी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
गए राती ९ बजे चाँदी खोला तर्ने क्रममा स्थानीय हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरलाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजे ३ कि.मि पर फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
उक्त स्थानमा ठेकदार कम्पनीको लापरवाहीको कारण समयमा नै बन्नुपर्ने पुल हालसम्म पनि निर्माण हुन नसक्दा स्थानीयहरु खोला तरेर हिन्न बाध्य छन् जसको कारण सो खोलाले बर्सेनि मान्छे बगाउने गरेको छ ।