प्राइम खबर संबाददाता | असोज २१, २०७८ बिहिबार
रौतहट जिल्लाको लमहा स्थित जंगलमा बाघको आक्रमणमा परी एक व्यक्ती घाइते भएका छन ।
जिल्लाको चन्द्रपुर ६ भोलन टोल घर भएका यज्ञ बहादुर रायमाझीलाई बिहीबार बाघले लमाहा पुल पारी कालिखोला नजिकै पुर्व पश्चिम राजमार्ग मै आक्रमण गरेको हो ।
साईकलमा घाँस दाउरा लिन नियमित जसो जंगल जाने गरेका रायमाझी जंगलतर्फ जाँदै गर्दा बाटो मै बाघ देखिएको र भाग्न खोज्दा पछाडी बाट उक्त बाघले आक्रमण गरेको घाइते रायमाझीले बताएका छन् ।
सात जनाको समुहमा घाँस दाउरा लिन जंगल गएका रायमाझीको दुवै हातमा बाघको आक्रमणबाट चोट लागेको छ । बाघले आक्रमण गरेपछि आफू सग भएको बन्चरोले बाघ लाई हानेर भाग्न सफल भएको घाइते रायमाझीले बताएका छन ।
गत वर्ष बाघको आक्रमणबाट चन्द्रपुर ६ कै एकयुवक मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा आधा दर्जन घाइते भैसकेका छन । घाईते रायमाझीको चन्द्रनिगाहपुर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।