प्राइम खबर संबाददाता | असोज २९, २०७८ शुक्रबार

गैह्र सरकारी संस्था मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २  ले मानव सेवा आश्रममा बसोबास गर्ने एकल तथा जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । 
शुक्रबार जेष्ठ नागरिकहरु बस्दै आएका सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ८ स्थित मानव सेवा आश्रममा पुगेर सो संस्थाकी संयोजक पूजा पाठक तिमल्सिनाले ज्येष्ठ नागरिकहरु  लगायत ८२ जनालाई एक छाक खाना खुवाएकी हुन् ।



महिला हिंसाको विरुद्ध आवाज उठाउने उदेश्यले गठन गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजले प्रदेश २ मा उत्कृष्ट काम गरेको वापतमा नगद १० हजार रुपैयाबाट संयोजक तिमल्सिनालाई पुरस्कृत गरेको थियो सोही पुरस्कार स्वरुप पाएको रकमबाट मानव सेवामा खर्च गरेको पाठकले बताएकी छिन ।




मानव सेवा आश्रममा बस्ने ज्येष्ठ नागरिकहरुलाई बड़ा दशैँको अवसर परेर खाना खुवाउन पाउँदा निकै नै हर्षित भएको संयोजक तिमल्सिनाले बताइन् ।  आफूले गरेको कामलाई उच्च मूल्याङ्कन गर्दै आफूले पाएको पुरस्कार रकमबाट आफ्नो लागि भन्दा समाजको लागि केही गरौं भन्ने सोच भएकोले आश्रममा गएर सकेको सहयोग गरेको उनले बताइन् । 


रौतहट जिल्लामा महिला अधिकारको क्षेत्रमा निक्कै नै अब्बल रहेर सशक्त आवाज उठाउँदै आएकी तिमल्सिनाको कार्य सम्पादन एबम् पीडितको पीडामा अहोरात्र खटिदैं न्याय दिलाउन लागि पर्दै आएकी तिमल्सिनालाई केही दिन अघिमात्र सो संस्थाको केन्द्रीय कार्यालयले नगदसहित सम्मान गरेको थियो ।




उक्त कार्यक्रममा मानव सेवा आश्रमका संचालक सुकदेव कार्की , महिला सशक्तिकरण समुहका गीता भारती , मेची महाकाली बुहारी संयुक्त आवाजका सर्लाही जिल्लाका स संयोजक अन्जना पन्त कडरिया , रौतहट जिल्ला शाखाका कोषाध्यक्ष यशोदा रावत , जिल्ला सदस्य उषा खनाल , पवित्रा परियार , नेपाल मानव अधिकार संगठनका टेक बहादुर चौरेल , सर्लाही जिल्ला सदस्य अनु ढुंगेल , अन्जना नेपाल , राधिका घिमिरे लगायतका अधिकारकर्मीहरुको उपस्थिति रहेको संयोजक तिमल्सिनाले जानकारी दिएकी छिन् ।