प्राइम खबर संबाददाता | कात्तिक २, २०७८ मंगलबार

निरन्तरको अविरल बर्षाका कारण भित्राउन लागेको धानबालीमा क्षति पुगेको भन्दै किसानलाइ तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन नेपाली कांग्रेसका नेता एबम् संघीय सांसद देव प्रसाद तिमल्सिनाले सरकारसँग माग गरेका छन् ।


केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण रौतहट लगायत देशका बिभिन्न जिल्लाहरुमा पाकेर भित्र्याउनका लागि तयार भएको धान बाली चुर्लुम्म खेतमै डुब्दा नष्ट भएको छ ।



ऋणधन गरेर खेती गर्ने किसानको मुख्य बालीको रूपमा रहेको धान वाली नष्ट हुँदा हजारौ किसानहरु मर्कामा परेको प्रति सांसद तिमल्सिनाको ध्यानाकर्षण भएको हो ।

किसानको हरेक समस्यामा जोडदार रूपमा सशक्त आवाज उठाउँदै आएका सांसद तिमल्सिनाले मंगलबार सामाजिक सञ्जाल मार्फत आवाज उठाउँदै उनले भनेका छन् ‘भित्र्याउने बेलाको अन्नवाली केही दिन देखिको अविरल बर्षाको कारण डुबानमा परेको छ कृषक लाइ यो भन्दा बढी पिडा के हुन सक्ला र आफु मात्र होइन उत्पादन गरेर अरुलाइ पनि खुवाउने कृषक माथीको यो पिडा लाइ तत्काल राहत हुने गरि आवश्यक उद्वार, राहात र क्षतिपूर्ति को तत्काल व्यावस्था गर्न नेपाल सरकार सग माग गर्दछु’ भन्दै सरकारको ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन सांसद तिमल्सिनाले माग गरेका हुन ।