प्राइम खबर संबाददाता | कात्तिक ३, २०७८ बुधबार

जेबी राउत-


रौतहट जिल्लाको चन्द्रनिगाहपुर मा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको छ ।



क्याम्पस व्यवस्थापन समितिले कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको हुँदा त्यसको विरुद्ध तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । बुधबार युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन समितिले बहुमतको आडमा मनोमानी निर्णय गर्दै क्याम्पसमा प्रशासन सहायक पद खडा गरी आफ्ना कार्यकर्ता भर्ती गर्न खोजेको उपसभापति गोपाल हुमागाईद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।



यस अघि पनि स्वतन्त्र विद्यार्थी युनियनले सो कार्य बन्द गर्न ज्ञापन पत्र समेत दिएकोमा सो ज्ञापन पत्रको वेवास्था गरी एकलौटी रूपमा विद्यार्थीको मागका विरुद्ध व्यवस्थापन समिति लागेपछि तालाबन्दी गर्नु पर्ने अवस्था रहेको उपसभापति हुमागाईले बताए ।

सहमति र सहकार्यलाई लत्याउँदै मनोमानी गर्ने क्याम्पस व्यवस्थापन समितिको मनो पोली प्रवित्ती का कारण क्याम्पसका विद्यार्थीहरुले परीक्षा फाराम भर्ने समयमा सास्ती खेप्नुपरेको हुँदा आफूहरुलाई दुःख लागेको हुमागाईको भनाइ रहेको छ ।

 युनियनले हाल क्याम्पस प्रमुख र प्रशासन कक्षमा ताला बन्दी गरेको र मागको सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थी नेता आस्विन उपाध्यायले दिएका छन् ।

जन ज्योति बहुमुखी क्याम्पसले मंगलबार क्याम्पस प्रशासन सहायक पदमा विज्ञापन खुलाएको थियो । विवादमा रहेको उक्त पदमा दशैं बित्न नपाउँदै समितिले विज्ञापन खुलाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।