प्राइम खबर संबाददाता | माघ १९, २०७७ मंगलबार
कंचनपुर– सरकारले गठन गरेको भुमिसम्बन्धी समस्या समाधान आयोग गठनमा विवाद देखिएको छ । सरकारले गठन गरेको आयोगका पदाधिकारी नियुक्तीमा नेकपाभित्र विवाद बढेको हो । भुमिसुधार मन्त्रालयले सोमबार सुदुरपश्चिमका नौ जिल्लामा गरेको नियुक्तीले नेकपाभित्र विवाद सिर्जना गरेको छ । नेकपाको सुदुरपश्चिम प्रदेश कमिटीले गरेको सिफारीस विपरित सरकारले पदाधिकारी नियुक्ती गरेपछि नेकपाकै नेताहरु असन्तुष्ट बनेका छन् ।
सुदुरपश्चिम प्रदेशका संयोजक समेत रहेका उद्योग,वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट र प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा नै आयोगका पदाधिकारी नियुक्तीप्रति असन्तुष्ट बनेका हुन् । भट्ट र थापाले आयोगमा नियुक्तीका लागी गरेको सिफारीस विपरित सरकारले पदाधिकारी नियुक्त गरेको हो ।
सरकारले गरेको पदाधिकारी नियुक्तीमा असन्तुष्टी जनाउंदै कंचनपुरबाट आयोगमा सदस्यमा सिफारीस भएका नेकपाका जिल्ला सदस्य रमेश भट्ट, कैलालीबाट आयोगमा सदस्य नियुक्त भएका बलबहादुर महता र डडेल्धुराबाट आयोगमा अध्यक्ष भएका पदमराज जोशीले समेत राजीनामा दिने घोषणा गरेका छन् । भट्ट पुर्व माओवादीबाट सदस्यका लागी सिफारीस थिए । उनले अहिले छनौट भएको टिम उपयुक्त नलागेकोले आफु सो टिममा सदस्य भएर नबस्ने घोषणा सामाजिक संजाल फेसबुकमार्फत गरेका छन् । त्यसैगरीस् वंझाङको अध्यक्ष नियुक्त भएका कलकबहादुर खड्काले समेत राजीनामा दिने तयारी गरेको नेकपा स्रोत बताउंछ
यस्तो थियो प्रदेश कमिटीले गरेको सिफारीस
बैतडी
अध्यक्ष :नरेश कुमार बिश्वकर्मा
सदस्य :जानकी अवस्थी
बिज्ञ सदस्य :केशब राज पन्त
कंचनपुर
अध्यक्ष :पल्लबराज भट्ट
सदस्य :लक्ष्मी बुडा
बिज्ञ सदस्य :रमेश दत्त भट्ट
दार्चुला
अध्यक्ष :राम दत्त जोशी
सदस्य :खिम्मानन्द भट्ट
बिज्ञ सदस्य :लक्ष्मी कुमारी लुहार
कैलाली
अध्यक्षःबल बहादुर महता
सदस्य :कन्दकला कुमारी राना
बिज्ञ सदस्यःदुजराम चौधरी
बाजुरा
अध्यक्ष :राम लाल कार्कि
सदस्य :कर्मकला रोकाया
बिज्ञ सदस्य :प्रशाध पाध्याय
डोटि
अध्यक्ष :गणेश बिष्ट
सदस्य :देश रत्न देबि डागि
बिज्ञ सदस्य :अन्जिता श्रेष्ठ
डडेल्धुरा
अध्यक्ष :पदमराज जोशी
सदस्य :तारा कुमारी कार्की
बिज्ञ सदस्यः अम्मर बहादुर पुन
बझाङ
अध्यक्षः कलक बहादुर खड्का
सदस्य :सारदा कुमारी बिक
बिज्ञ सदस्य :लोकेन्द्र बहादुर सिह
अछाम
अध्यक्षःखगेन्द्र रोकाया अछाम
बिज्ञ सदस्य :भिम बहादुर जनाला