प्राइम खबर संबाददाता | कात्तिक ६, २०७८ शनिबार

चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिले कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको आरोपमा सो प्रक्रियाको विरुद्ध तालाबन्दी गरेको स्वतन्त्र विद्यार्थी युनियनले सो तालाबन्दीलाई निरन्तरता छ । शनिबार   युनियनले  पुनः अर्को एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन समितिले बहुमतको आडमा मनोमानी निर्णय गर्दै क्याम्पसमा प्रशासन सहायक पद खडा गरी आफ्ना कार्यकर्ता भर्ती गर्न  खोजेको स्ववियु सभापति संगम श्रेष्ठले बताए । 
यस अघि पनि स्वतन्त्र विद्यार्थी युनियनले सो कार्य बन्द गर्न ज्ञापन पत्र समेत दिएकोमा सो ज्ञापन पत्रको वेवास्था गरी एकलौटी रूपमा विद्यार्थीको मागका विरुद्ध व्यवस्थापन समिति लागेपछि तालाबन्दी गर्नु पर्ने अवस्था रहेको भएतापनि सो तर्फ ध्यान नदिई क्याम्पस व्यवस्थापन समिति कानमा तेल हालेर विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा आफ्नो पार्टीका फुच्चे संगठनलाई उचालेर विज्ञप्तिको दोहोरीमा रमाइरहेको नेविसंघका नेता आस्विन उपाध्यायले बताए।  




क्याम्पस प्रशासन समक्ष दर्ता नै नभएका अस्तित्वमा नै नरहेका झोले संगठनको कृतिम विज्ञप्ति बनाई सिंगो क्याम्पसका दुई तिहाई भन्दा बढी  जनमत प्राप्त स्ववियुका जायज मागहरु प्रति विज्ञप्तिमार्फत धावा बोल्न लगाएको स्ववियुको भनाइ रहेको छ ।
सहमति र सहकार्यलाई लत्याउँदै मनोमानी गर्ने क्याम्पस व्यवस्थापन समितिको मनो पोली प्रवित्ती का कारण क्याम्पसका विद्यार्थीहरुले परीक्षा फाराम भर्ने समयमा सास्ती खेप्नुपरेको हुँदा आफूहरुलाई दुःख लागेको सभापति श्रेष्ठको भनाइ रहेको छ । 
 युनियनले हाल  क्याम्पस प्रमुख र प्रशासन कक्षमा ताला बन्दी गरेको र मागको सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी  विद्यार्थी नेता आस्विन उपाध्यायले दिएका छन् । 
क्याम्पस प्रशासनले स्ववियुको मागलाई वेवास्था गर्दै मनोपोली ढंगले आफ्ना पार्टीका झोले कार्यकर्तालाई भर्ती गराउन क्याम्पसलाई नै आर्थिक भार पर्नेगरी कृतिम पद सिर्जना गर्नु समग्र क्याम्पसको हित विपरित हुने उपसभापति गोपाल हुमागाईको भनाइ रहेको छ । 
जन ज्योति बहुमुखी क्याम्पसले मंगलबार क्याम्पस प्रशासन सहायक पदमा विज्ञापन खुलाएको थियो । विवादमा रहेको उक्त पदमा  दशैं समेत  बित्न नपाउँदै हतार हतार समितिले विज्ञापन खुलाएपछि स्ववियुको नेतृत्वमा विद्यार्थीहरू आन्दोलनरत छन् । 

 



​​​​