प्राइम खबर संबाददाता | कात्तिक ७, २०७८ आइतबार
जंगलमा सिकार खेलिरहेको तीन जना सिकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका वडा नं– ५ लक्ष्मीपुर दोस्तीया बस्ने २२ वर्षीय शेराज मियाँ दर्जी, सोही ठाउँका १८ वर्षीय कलाम मन्सुरी र २२ वर्षिय मौजाहिर मन्सुरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक अधिकृत बैजनाथ मण्डलले बताएका छन् ।
शनिबार जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गत जंगलमा गरुड जस्तै देखिने पानीमा बस्ने १४ वटा माईग्रेड नामक चरालाई घाँटी रेटेर मारिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
रँगपुर साझेदारी वन कार्यालय र चन्द्रपुर वन डिभिजन कार्यालयका वन कर्मचारीहरुको संयुक्त टोलीले उनिहरुलाई एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकलसहित पक्राउ गरिएको मण्डलले बताएका छन्।
घाँटी रेटेर मारिएको उक्त वन्यजन्तु (माईग्रेड नामक चरा) डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, वन कर्मचारी, चन्द्रपुर पुशु सेवा शाखाका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यद्दपी पक्राउ पर्नेमा चक्कु,चुप्पी लगायतका साना घरेलु हतियार बोकेका सिकारीहरुलाई पक्राउ गर्न सक्ने बनले बन्दुक सहितका हतियारधारी दर्जनौ सिकारीहरुले बिगतमा हरिण,बदेल,नीलगाई लगायतका बन्यजन्तुको सिकारी,चोरी गर्ने गर्ने सिकारीलाई भने उनिहरुको गतिबिधि नदेखे झै गरी मुकदर्शक बन्ने बन कार्यालयले पछिल्लो समय चक्कु बोकेका सिकारीलाई पक्राउ गर्न भने सफल भएको हो ।
हाल त्यस बनक्षेत्रमा बाघको बिगबिगी भएपछि बन्दुक बोकेर जाने सिकारीहरुको संख्यामा केही कमी आएको स्थानियहरु बताउछन् ।
यता पक्राउ परेका तिनै जना माथि वन्यजन्तु अपराध सम्बन्धि मुद्दा चलाइने डिभिजन वन कार्यालयका डिभिजन बन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन्।