प्राइम खबर संबाददाता | कात्तिक ८, २०७८ सोमबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित नहर डाँडामा बसोबास गर्दै आएका विपन्न  बस्तिमा लत्ता कपडा वितरण गरिएको छ । 
सोमबार नेपाली कांग्रेसका स्थानीय नेताहरुको पहल र  मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रदेश २ कार्य समितिको सहयोगमा अती नै विपन्न २० घरधुरीलाइ लत्ता कपडा वितरण गरिएको सहयोगी संस्थाले जनाएको छ । संस्थाकी प्रदेश संयोजक समेत रहेकी रौतहटकी चर्चित अधिकारकर्मी पूजा पाठक तिमल्सिनाको विशेष सहयोगमा सो बस्तीमा लत्ता कपडा सहयोग गरिएको हो । 



महिला तथा बालबालिकाको हिंसा विरुद्ध कार्य गर्दै आएकी पाठकले  आउँदै गरेको चिसो मौसमलाइ मध्य नजर गर्दै गरिव ,असहाय ,विपन्न परिवारलाइ चिसो बाट बाच्नकोलागि मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रदेश ३ को संयोजक एन्जिला श्रेष्ठले उपलव्ध गराएको कपडा र आफ्नो तर्फबाट समेत गरि बाडिएको संयोजक तिमल्सिनाले बताइन् । 




नेपाली कांग्रेसका समाजसेवी नेताहरुले सो क्षेत्रका गरिव र विपन्न परिवारलाई कपडाको समस्या भएकोले उनीहरू प्राथमिकतामा पर्ने बताए अनुरुप उनीहरूको  परिवारलाई विभिन्न किसिमका कपडा तथा जुत्ता चप्पलहरु समेत वितरण गरिएको संयोजक तिमल्सिनाको भनाइ रहेको छ । 


आगामी दिनमा  रौतहटमा सय घरधुरीलाइ कपडा वितरण गरिने योजना रहेको प्रदेश संयोजक तिमल्सिनाले बताइन् । 
उक्त कपडा वितरण  कार्यक्रममा नेपाली कांग्रेसका अजय कुमार साह , श्यामहरी चौलागाईं लगायतका नेताहरु लगायत  मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाही जिल्ला शाखाका सह संयोजक अन्जना पन्त कडरिया , सदस्य अन्जना नेपाल , रौतहट जिल्ला सदस्य उषा खनाल , पवित्रा परियार , नेपाल मानव अधिकार संगठनका जिल्ला संयोजक टेक बहादुर चौरेल सहित संचारकर्मीहरुको उपस्थति रहेको थियो । 




महिला हिंसाको विरुद्ध सशक्त आवाज सँगै समाज सेवामा पनि उत्तिकै सक्रियता निभाउदै आएकी प्रदेश संयोजक तिमल्सिनाको चौतर्फी चर्चा परिचर्चा चुलिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कपडा वितरण गर्ने बताएकी पाठकले सोमबार  गरिव असहाय विपन्न परिवारको लागि कपडा बोकेर पुगेपछि  उनलाई  कपडा पाएका परिवारहरुले खुशी हुँदै धन्यबाद दिएका सर्लाही जिल्लाको सक्रिय महिला अधिकारकर्मी अञ्जना पन्त कडरियाले जानकारी दिएकी छिन् ।