प्राइम खबर संबाददाता | कात्तिक ९, २०७८ मंगलबार
जिल्ला अदालत गौरले हत्या आरोपमा पक्राउ परेका चार जना लाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नं.४ कप्तान टोल निबासी ३८ बर्षिय सहदेव भन्ने डोल प्रसाद वोलखे, ४५ बर्षिय प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी गाउपालिका वडा नंम्बर.३ निबासी २४ बर्षिय रमेश पहरी र नवलपरासी (पू्र्वी) जिल्ला कावासोती नगरपालिका वडा नं.८ निबासी २३ बर्षिय सुर्य बहादुर भण्डारी लाई जिल्ला अदालत गौरको आदेशले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
रोहीणी प्रसाद घोरासैनी लाई चन्द्रपुर–३ निबासी प्रल्हाद फुयालको योजनामा चन्द्रपुर नगरपालिका–४ कप्तान टोल निबासी सहदेव भन्ने डोल प्रसाद वोलखेले रकम दिएर कालापानी सामुदायिक वन उपभोक्ता समुहको जंगलमा घाटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मृतक घोरासयनीलाई हत्या गरी पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुण्डयाईएको घटनाको आरोपमा प्रहरीले उनीहरु लाई पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मुख्य योजनाकार सहदेब बोलेखे लाई गएको असोज १७ गते काठमाण्डौ बाट पक्राउ गरेको थियो भने घटना गराउन तारताम्य मिलाउने प्रल्हाद फुयाल लाई भने घटना भएकै दिन पक्राउ गरेको थियो । हत्यामा संम्लग्न रमेश पहरी र सुर्य भण्डारी लाई भने केही दिन पश्चात प्रहरीले पक्राउ गर्न सफल भएको थियो । हत्यामा संलग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट एकलाख १५ हजार बुझेको र अर्का आरोपी सुर्य भण्डारीले ७ हजार बुझेको प्रहरी अनुसन्धान बाट पत्ता लागेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।