प्राइम खबर संबाददाता | कात्तिक ९, २०७८ मंगलबार
ग्रामीण विकास केन्द्र नामक एक गैरसरकारी सस्थाले मंगलवार रौतहटको सदरमुकाम गौरमा पुरस्कार सहित सम्मान गरेको ५ हजार रकम डोम जातीका बिधार्थी लाई सहयोग गर्ने सम्मानित भएका पत्रकार फणि महतले घोषणा गरेका छन ।
इस्लामिक रिलिफ नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र (आरडी सी) नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटको समन्वयमा सम्मान र न्ययिक समाजको लागि लैङिक हिसा न्यूनीकरण परियोजना अन्तर्गत रौतहटमा ७ जना पत्रकार लाई नगद ५ हजार का दरले पुरस्कार सहित सम्मान गरेको थियो ।
जनज्योती उमाबि चन्द्रपुरमा अध्ययनरत दुइजना डोमजातीका बिधार्थी रोहित मलि र अनिल मलि डोमलाई हस्तान्तरण गर्ने पत्रकार महतले जनाए अनुसार मंगलबार नै विद्यार्थी द्वय लाई उक्त रकम हस्तान्तरण गरिएको पत्रकार महतले जनाए ।
महत पत्रकारिता सँगै सामाजिक क्षेत्रमा विगत लामो समयदेखि लाग्दै आएका छन् । प्राय विपन्न एबम् असहायको दुःख एबम् पीडालाई उनीहरूको आवाज उठाउँदै आएका महत अन्नपूर्ण राष्ट्रिय दैनिकका रौतहट प्रतिनिधि समेत हुन् ।