प्राइम खबर संबाददाता | कात्तिक १४, २०७८ आइतबार

रौतहटमा स्वास्थ्य बिमा दर्ता सहयोगिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य बीमा दर्ता सहयोगीको भूमिका निभाउदै आएकाहरुले शनिबार चन्द्रनिगाहपुरमा आउँदै गरेको दीपावली एबम् छत पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन ।


  नागरिकमा स्वास्थ्य सेवामा सहज पहुँच पर्याउने लक्ष्यसहित सरकारले २०७२ बाट सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । २०७२ मा ३ जिल्ला कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो कार्यक्रम अहिलेसम्म ७५ जिल्लामा सुरु भइसकेको छ ।



 स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रमलाई बाँकी २ जिल्ला काठमाडौं र ललितपुरमा पनि यही चालु आर्थिक वर्षभित्रै सुरु गर्ने लक्ष्य रहेको बोर्डले जनाएको छ ।