प्राइम खबर संबाददाता | कात्तिक १४, २०७८ आइतबार
पुर्नगठित नेकपा एमाले चन्द्रपुर नगर कमिटिको शनिबार बसेको बैठकले कार्य बिभाजन गर्ने निर्णय गरेको छ । नब निर्वाचित नगर कमिटिको शनिबार बसेको पहिलो बैठकले बिभिन्न बिभाग तथा चन्द्रपुर नगरपालिकाका बिभिन्न वडाको इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ ।
नगर कमिटिका अध्यक्ष शिब अचार्यको अध्यक्षतामा भएको उक्त बैठकले स्थानिय तह÷प्रशासन तथा जनसरोकार बिभागको प्रमुखमा अध्यक्ष आचार्यलाई नै तोकेको छ भने संगठन बिभागको प्रमुखमा भने नगर कमिटिका उपाध्यक्ष राजु तिवारीलाइ तोकेको छ ।
सो पार्टीको कार्यालय ब्यबस्थापन बिभागमा नगर कमिटि सचिब बिनोद चौधरी परेका छन् भने प्रचार बिभागको प्रमुखमा नगर कमिटि सदस्य तथा पत्रकार रमेश तिमलसिना र खेलकुद बिभागको प्रमुखमा अशोक पहाडीलाइ तोकेको छ । यसैगरी अर्थिक बिभाग प्रमुखमा सुनिल तिमलसिना,युवा बिभाग संयोजकमा कमल प्रसाद न्यौपान र सह संयोेजकमा रोशन श्रेष्ठ, महिला बिभाग संयोजकमा प्रभा श्रेष्ठ र उप संयोजकमा सपना धमाल, बिद्यार्थी बिभाग प्रमुखमा प्रनिश राई,उद्योग बाणिज्य फाटको संयोजकमा दिवाकर सापकोटा र सह संयोजकमा सोम चिमोरिया,किसान फाँटको संयोजकमा लाल बहादुर दोङ र सह संयोजकमा नबराज देबकोटालाइ एबम् मजदुर फाँटको संयोजकमा भरत राई र सह संयोजकमा मान बहादुर घलानलाइतोकेको एमाले चन्द्रपुरले जनाएको छ ।
सोही बैठकले चन्द्रपुर नगरपालिकाको १० वटै वाडमा इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ । वाड न १ को इन्र्चाजमा कृष्ण बहादुर थापा सह इन्चार्जमा सुर्य बहादुर वाइवा ,वाड नं. २ को इन्चार्जमा क्षेत्र बहादुर भोलन,वाड नं. ३ को इन्चार्जमा दिपक गौतम सह इन्चार्जमा प्रेमराज चौहान,वाड नं. ४ को इन्चार्जमा देब बहादुर र सह इन्चार्जमा यादब क्षेत्री, वाड नं. ५ को इन्चार्जमा माधब प्रसाद कुइकेल सह इन्चार्जमा ऋषि पौडेल,वाड नं. ६ को इन्चार्जमा बलिराम चौधरी सह इन्जार्चमा कृष्ण प्रसाद पराजुली,वाड नं. ७ को इन्जार्जमा प्रदिप शिवाकोटी सह इन्चार्जमा मदन पंडित वडा नं. ८ को इन्चार्जमा कृष्ण प्रसाद सापकोटा सह इन्चार्जमा दिप नारायण चौधरी,वाड नं. ९ को इन्चार्जमा उषा दाहाल सह इन्चार्जमा राजेन्द्र चौधरी र वाड नं. १० को इन्चार्जमा राम सिंहासन यादब र सह इन्चार्जमा गंगा साहलाइ चयन गर्ने निर्णय भएको नगर सचिब बिनोद चौधरीले जानकारी दिएका छन् ।
बैठकमा प्रथम अधिबेशनबाट निर्वाचित ७५ जना नगर कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।