प्राइम खबर संबाददाता | कात्तिक १४, २०७८ आइतबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीले आफ्नो वडा कमिटी बिस्तार गरेको छ । वडा नम्बर ८ स्थित बसन्तपुरका स्थानीय युवा दिपक पौडेलको नेतृत्वमा समाजबादीले ३१ सदस्यीय वडा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।
पौडेल अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा बमभोली चौधरी र सचिबमा यज्ञ थापा रहेका छन । पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपालको गृहजिल्ला समेत रहेको कारण रौतहटमा समाजवादीको पकड निकै नै बलियो रहेको छ । संगठनात्मक रुपमा बलियो रहेको समाजबादीले आगामी निर्बाचनमा रौतहटबाट राम्रै स्थान ल्याउने आकलन स्थानिय स्तरबाट गरीन थालिएको छ ।