प्राइम खबर संबाददाता | कात्तिक १५, २०७८ सोमबार
अखिल नेपाल सुकुम्बासी संघ रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र निकट भातृ संगठनको रौतहट जिल्ला अधिवेशन रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.७ स्थित नयाँ बस्तीमा सोमबार सम्पन्न भएको हो । अधिवेशनबाट बिन्दा रामको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको माओवादी केन्द्र रौतहटका नेता रवि रामले बताए ।
अखिल नेपाल सुकुम्बासी संघ रौतहटका जिल्ला इन्चार्ज लड़ाई मुखियाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा संघका केन्द्रीय अध्यक्ष अमर परियार रहेका थिए ।
सुकुम्बासीको समस्या समाधान गर्न विगतको सरकार असफल भएको र भूमिहीन सुकुम्बासीको निम्ति ओली नेतृत्वको सरकार उदासीन बनेको कारण लामो समय सम्म पनि केही काम गर्न नसकेको आरोप प्रमुख अथिति परियारको रहेको छ । सुकुम्बासीको निम्ति सदैव सडक संघर्षमा अग्र पङ्तीमा लड्दै आएको पार्टी माओवादी पार्टी मात्र भएको कारण आफ्नो नेतृत्वको सरकार भएपछि सुकुम्बासीको समस्या समाधान हुने परियारको भनाइ उनको रहेको छ । उनले वर्तमान सरकार अग्रगमनको दिशामा रहेको हुँदा गठबंधन सरकारको महत्वपूर्ण हिस्सा आफ्नो पार्टी रहेको हुँदा आफू र आफ्नो पार्टी सरकारलाई आफ्नो समस्या समाधान गर्न घच्घचयाउने कार्य गर्दै आएको समेत बताएका छन् ।
जिल्ला अधिवेशन सफल पार्न जिल्लाका विभिन्न स्थानीय तहबाट सैयौंको संख्यामा भूमिहीन सुकुम्बासीहरु नयाँबस्ती आएका नेता रामले जानकारी दिएका छन् । कार्यक्रमका विशिष्ट अतिथीहरुमा नेकपा माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पटेल, प्रदेश सदस्य रामानन्द महत्तो, शशी विनोद काफ्ले, माधव नारायण नगरपालिकाका नगर कमिटी संयोजक देव नारायण भगत, गढीमाई नगरका संयोजक रामाकान्त यादव एबम् चन्द्रपुरमा नगर सचिव टीका बहादुर आचार्य लगायत अतिथिहरुको सहभागिता रहेको माओवादी नेता रामले बताए ।
सोही कार्यक्रमममा राम ईश्वर राय यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी स्थानीय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नवनिर्वाचित जिल्ला अध्यक्ष विन्दा रामले बताएक छन् ।